सातै प्रदेशका प्रदेश प्रमुख र मुख्य मन्त्री बस्ने ठाउँको टुंगो लाग्यो,यी घरमा बस्ने भए प्रदेश प्रमुख र मुख्य मन्त्री



हाम्रो इकोनोमि

रमिला खतिवडा

प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको पस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा त्यस्तो प्रस्ताव तयार पारिएको हो । पूर्वाञ्चल विश्वविद्यालय रहेको गोठगाउँको भवन प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिइएको छ ।

गोठगाउँमा रहेको भवन १० वर्षदेखि प्रयोग हुन सकेको छैन । सो क्षेत्र आठ सय पाँच विघा क्षेत्रफलमा फैलिएको छ । प्रदेश २ का लागि मन्त्रालयले जनकपुर चुरोट कारखानाको भवनलाई कार्यालयका रुपमा प्रयोग गर्न सुझाएको छ । चुरोट कारखाना करिब ६८ विघामा फैलिएको छ । जनकपुरलाई अस्थायी राजधानी तोक्दा पूदेश कार्यालयका लागि चुृरोट कारखानाको भवन, नजिकै रहेका क्षेत्रीय, शैक्षिक तालिम केन्द्र, क्षेत्रीय कृषि तालिम केन्द्र, क्षेत्रीय वन तालिम केन्द्रका भवन प्रयोग गर्न सकिने मन्त्रालयको भनाइ छ ।

प्रदेश ३ का लागि मन्त्रालयले भक्तपुर सबैभन्दा उपयुक्त हुने प्रस्ताव गरेको छ । संघीयता कार्यान्वयनमा जाँदा सानोठिमीमा रहेका शिक्षासँग सम्बन्धित अधिकांश कार्यालय खारेज हुने र त्यही भवनमा प्रदेश कार्यालय राख्न सकिने मन्धालयको सुझाव छ । प्रदेश ४ का लागि पश्चिमाञ्चल क्षेत्रीय प्रशासनको कार्यालय र त्यस आसपास रहेका शिक्षा, वन, घरेलु, कृषिका तालिम केन्द्रहरु प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । यसका लागि पोखरा निर्विकल्प रहेकाले क्षेत्रीय प्रशासन कार्यालयका रुपमा प्रयोग गर्ने र सभागुहलाई प्रदेश सभा कार्यालयका रुपमा प्रयोग गर्ने करिब निश्चित भएको छ । प्रदेश ५ का लागि सरकारले दाङको लमहीलाई सबैभन्दा उपयुक्त क्षेत्रका रुपमा प्रस्ताव गरेको छ ।

सो क्षेत्रमा नगर विकास समितिको नाममा सरकारी स्वामित्वको दुई सय पाँच विघा जमिन छ । प्रदेश ६ का लागि सुर्खेतलाई अस्थायी राजधानी र मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश कार्यालयका रुपमा प्रयोग गर्न सकिने मन्त्रालयले सुझाव दिएको छ । प्रदेश ६ का लागि जुम्ला सदरमुकामलाई समेत राजधानी तोक्न माग भइरहेको छ । तर, जुम्लामा भौतिक पूर्वाधार नभएको, सेन्टर नपर्ने, संरचना र प्रसस्त मात्रामा जग्गा जमिन नभएका कारण उपयुक्त नहुने मन्त्रालयले जनाएको छ । प्रदेश ७ को अस्थायी राजधानी दिपायललाई तोक्न मन्त्रालयले सुझाव दिएको छ । दिपायललाई अस्थायी राजधानी तोक्दा प्रदेश कार्यालय व्यवस्थापन गर्न सहज हुने मन्त्रालयको भनाइ छ । दिपायल भौगोलिक रुपमा पायक पर्ने र त्यहाँ थप नगर विकास कार्यालयको भवन र करिब तीन सय रोपनी जग्गा रहेकाले बढी उपयसत्तल हुने मन्त्रालयको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...