आलुमा आत्मनिर्भर बन्दै किसान



हाम्रो इकोनोमि

बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् ।

परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट मनग्य आम्दानी गर्दैआएका छन् ।

जिल्ला कृषि विकास कार्यालयको २५ प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा जिल्लाभरि २१० क्विन्टल आलुको मूल बीउ वितरण गरेपछि नगर क्षेत्रका कृषकले गरेको मिहेनतबाट एक हजार ६०० क्विन्टल आलु उत्पादन भएको शैलेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष खडकबहादुर बोहराले जानकारी दिनुभयो । अन्न बालीका लागि ६ महिना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा नगद र अपेक्षाभन्दा बढी आम्दानी हुने कृषक वसन्तीदेवी भण्डारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “आलुखेती गरेर आम्दानी मात्र गरेका छैनौँ, कृषक समूहमा बचत पनि गरेका छौँ,” प्रिया कठायतले भन्नुभयो, “सबैभन्दा बढी फाइदा आलु खेतीमा रहेछ, अन्न बाली लगाएर जोगाउन कठिन हुने भएकाले आलु खेतीमा लागेका हौँ ।” मूल बीउ रोप्ने अमरगढी–७ पोखरा आसपासका २४० घरधुरीले सोचे जस्तै उपलब्धि हासिल गरेको उहाँको भनाइ छ ।

अमरगढी–६ दमडाका अगुवा कृषक वेदप्रकाश भट्ट भन्नुहुन्छ, “आलु, काउली, गोलभेँडालगायत व्यावसायिक तरकारी खेतीमा महिलाको सक्रियता बढेकोे छ, आम्दानी पनि पर्याप्त हुन्छ ।”

महिला व्यक्तिगत खर्चका लागि पनि श्रीमान्को भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएका स्थानीयवासी वसन्तीदेवी भण्डारीको अनुभव छ ।

आलु उत्पादन लक्ष्यलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको अमरगढी नगरपालिका कृषि शाखा प्रमुख टेकबहादुर बिष्ट बताउनुहुन्छ । अमरगढी नगरपालिकामा मात्र शरदकालीन, हिउँदे र बर्खे बालीका रुपमा आलुखेती गरी किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । सो नगरपालिकाको वडा नं ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्दैआएका छन् ।

अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि जिल्ला आलुमा आत्मनिर्भर बन्दै गएको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । परम्परागत खेतीको तुलनामाा तरकारी खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण कृषक व्यावसायिक रुपमा खेती परिवर्तन गर्न थालेका हुन् ।

आलु र फलफूल राख्न शीत भण्डार

जिल्लामा ७ नं प्रदेशकै ठूलो शीत भण्डार निर्माण भइरहेको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु पाँच करोड ५६ लाख ९५ हजार लागतमा शीत भण्डार निर्माण भइरहेको छ ।

एक हजार मेट्रिक टन क्षमता भएको शीत भण्डारको निर्माणका लागि आयोजनाले ६५ प्रतिशत अनुदान दिएको छ भने ३५ प्रतिशत रकम निर्माण गरिरहेको संस्थाको रहेको छ । शीत भण्डारको ९५ प्रतिशत निर्माण सम्पन्न भएको कृषि उपज शीत भण्डारगृह निर्माण गरिरहेको उग्रतारा शीत भण्डार उद्योग प्रालि का अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

शीत भण्डार नहुँदा यहाँ उत्पादन हुने आलुको बीउ भण्डारण गर्न कैलाली र कञ्चनपुर लैजानु परेको छ । शीत भण्डार स्थापनासँगै आलु र आलुको बीउका साथै अन्य कृषि उपज भण्डारण गर्न सकिनेछ । शीत भण्डार २०७४ साल वैशाखभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...