खुल्यो उन्नती माइक्रोफाइनान्सको आईपीओ, कति गर्ने आवेदन ?



उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६५ हजार कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये कुल शेयर निष्कासनको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १ लाख ५० हजार १५० कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पुस २१ गते आजदेखि निष्कासन भएको शेयरमा आवेदकले छिटोमा पुस २५ र ढिलोमा माघ ५ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर भर्न इच्छुक आवेदकले न्यूनतम १० कित्ता अर्थात एक हजार र अधिकतम ८२० कित्ता अर्थात ८२ हजार रुपैयाँ सम्म आवेदन दिन सक्नेछन् ।

शेयरमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल ३ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर जारी गरेपश्चात पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न