शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने



हाम्रो इकोनोमि

शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ ।

स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको छ ।

हाल सञ्चालन भइरहेको शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा जानकारी दिन शंखरापुर—शालीनदी महोत्सवसमेत शुरु भएको
छ ।

यहाँ विहिबार आयोजित पत्रकार सम्मेलनमा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले प्राचीन समयदेखि नै श्रीस्वस्थानीको व्रत बसेर कथा श्रवण गर्ने परम्पराको धार्मिक महत्वलाई देश विदेशमा प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस क्षेत्रमा माधवनारायण मन्दिर, विश्वम्भरा नारायण, बज्रयोगिनी मन्दिर, महालक्ष्मी मन्दिरको पुरानो इतिहास भएको भए पनि विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण बन्दै गएकाले तीनको मर्मत तथा संरक्षण कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ ।

शंखरापुर—शालीनदी महोत्सवका संयोजक रञ्जीत कोइरालाले स्थानीय वेशभूषा, झाँकी, बाँसुरी तथा स्थानीय उत्पादनका साथै खानपिनलाई प्रचार गर्ने उद्देश्यले यही पुस १७ गतेदेखि आगामी माघ १८ गतेसम्म महोत्सव आयोजना गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...