शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने



हाम्रो इकोनोमि

शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ ।

स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको छ ।

हाल सञ्चालन भइरहेको शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा जानकारी दिन शंखरापुर—शालीनदी महोत्सवसमेत शुरु भएको
छ ।

यहाँ विहिबार आयोजित पत्रकार सम्मेलनमा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले प्राचीन समयदेखि नै श्रीस्वस्थानीको व्रत बसेर कथा श्रवण गर्ने परम्पराको धार्मिक महत्वलाई देश विदेशमा प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस क्षेत्रमा माधवनारायण मन्दिर, विश्वम्भरा नारायण, बज्रयोगिनी मन्दिर, महालक्ष्मी मन्दिरको पुरानो इतिहास भएको भए पनि विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण बन्दै गएकाले तीनको मर्मत तथा संरक्षण कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ ।

शंखरापुर—शालीनदी महोत्सवका संयोजक रञ्जीत कोइरालाले स्थानीय वेशभूषा, झाँकी, बाँसुरी तथा स्थानीय उत्पादनका साथै खानपिनलाई प्रचार गर्ने उद्देश्यले यही पुस १७ गतेदेखि आगामी माघ १८ गतेसम्म महोत्सव आयोजना गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...