बैदेशिक सहायता नपाएपछी टाट पल्टियो सरकार,मुलुकै ठप्प हुने गरिको यस्तो छ ढुकुटीको हालत



हाम्रो इकोनोमि

लगातार एकपछि अर्को महंगो काम गर्दै गएपछि सरकार टाट पल्टिने अवस्थामा पुगेको छ । गत स्थानीय तह निर्वाचनदेखि लगातार निर्वाचनमा ठूलो रकम खर्च गर्दै गएको सरकारले विभिन्न कामहरुमा ठूलो लगानी खर्चिपछि टाट पल्टिने अवस्थामा पुगेको हो ।

सरकारले यो वर्षमा विभिन्न तहका निर्वाचन गर्दा ठूलो रकम खर्च गरेको छ । त्यसबाहेक संघीयता कार्यान्वयनका अन्य शीर्षकहरुमा पनि ठूलो खर्च भएको छ । त्यसैगरी स्थानीय तहहरुलाई ठूलो अनुदान रकम दिनुपरेपछि सरकारलाई यसवर्ष ठूलो आर्थिक झड्का लागेको हो ।
अहिले सरकारी ढुकुटीमा नगद करिब ९ अर्ब मात्रै रहेको छ ।

लगातार ठूलो रकम खर्च भएपछि सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ । साउनदेखि सुरु भएको आर्थिक वर्षको पहिलो छ महिनामा आम्दानीभन्दा खर्च झन्डै एक खर्ब धेरै भएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस १९ गतेसम्ममा सरकारी आम्दानीभन्दा खर्च ९९ अर्ब रुपैयाँले बढी छ ।

सरकारले पछिल्लो ६ महिनामा मात्रै ३ खर्ब ७३ अर्ब ६ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । यही समयमा २ खर्ब ७३ अर्ब ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ राजश्व उठाएको छ ।

१ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ भने यो अविधमा सरकारले कुनै वैदेशिक सहायता र ऋण पाएको छैन ।

यसपाली सरकारको मुख्य खर्च चुनाव गर्न, विकास आयोजना सञ्चालन गर्न, स्थानीय तहमा अनुदान दिन, सरकारी ऋणको साँवा ब्याजतिर्न र केही ठूला विकास आयोजनामा रकम निकासामा भएको हो ।

मन्त्रिपरिषदबाट निर्णय भएर पछिल्लो ६ महिनामा करिब एक अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...