चितवन पुगेर प्रचण्डले भने-एमाले भित्रै समस्या छ,माओबादीमा छैन,एक प्रधानमन्त्री,अर्को पार्टी अध्यक्ष



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने विषय सहज ढंगले अगाडि बढ्ने बताए।

पार्टी एकता संयोजन समितिले दुवै दलका अध्यक्षलाई दुई प्रमुख नेताका रुपमा निर्णय गरिसकेको भन्दै दाहालले दुवै दलका शीर्ष नेतालाई समुचित भूमिका दिने विषयमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको बताए।

पार्टी एकताका विषयमा एमाले र माओवादी केन्द्रबीच कुनै अप्ठेरो नभएको बताउँदै दाहालले छलफल निकै सकारात्मक ढंगले अगाडि बढिरहेको उल्लेख गरे। दाहालले पार्टी एकताबारे नेतृत्व तहमा निकै गम्भीरतापूर्वक छलफल भएको बताए।

राष्ट्रियसभा निर्वाचन लगायतका विषयले नयाँ सरकार गठन हुन समय लाग्ने भएकाले त्यस अगाडि नै पार्टी एकता गर्ने तयारी भएको दाहालको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...