एमाले-माओबादी एकता वार्ता सेलायो,ओली पखालाले थला,प्रचण्ड लागे चितवन तिर



हाम्रो इकोनोमि

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवन गएपछि एमाले–माओवादी एकता संयोजन समितिको बैठक सरेको छ। प्रचण्ड शनिबार मात्रै चितवनबाट फर्कनेछन्।

प्रमुख कार्यकारी दुई पद प्रधानमन्त्री र एकतापछिको पार्टी अध्यक्षमध्ये एक आफूले पाउनुपर्ने स्पष्ट सन्देश ओलीलाई दिएर प्रचण्ड चितवन गएका हुन्। पखाला लागेका कारण ओली पनि केही दिनदेखि घरमै आराम गरिरहेका छन्।

‘दुई शीर्ष नेताबीच केही विषय टुंगिन बाँकी भएकाले बैठक बस्न ढिलाइ भएको हो’, एकता संयोजन समितिका एक सदस्यले भने, ‘उहाँहरुबीच केही मूलभूत कुरा मिलेपछि अन्य विषय अगाडि बढ्छ।’

एमालेका एक उच्च नेताका अनुसार, चुनावअघि प्रमुख दुई कार्यकारी पदमा आलोपालो गर्ने सहमति भएको थियो। सोही सहमतिअनुरुप प्रचण्डले एकतापछिको पार्टी अध्यक्ष पदमा दाबी गरेका हुन्।

‘तर एमालेका दोस्रो तहका केही नेताले आफ्नो भावी नेतृत्व सुरक्षित गर्न प्रचण्डलाई अध्यक्ष दिने कुराको विरोध गरिरहेका छन्’, ती नेताले भने। उनको स्पष्ट संकेत एमाले महासचिव ईश्वर पोखरेलतर्फ थियो।

एमालेका शीर्ष तहका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि प्रचण्डलाई अध्यक्ष मान्न तयार छन्। प्रचण्ड अध्यक्ष भए उनलाई अघि सारेर ओलीको पार्टी र सरकार दुवैतर्फको हालीमुहाली रोक्न सकिने नेपाल र खनालको निष्कर्ष छ।

प्रधानमन्त्रीका लागि तयारी अवस्थामा रहेका ओली पनि प्रचण्डलाई अध्यक्ष दिन तयार छन्। तर, आफ्नै गुटका दोस्रो तहका नेताहरुको दबावका कारण निष्कर्षमा पुग्न नसकेको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...