समाचार

मेयर बिद्यासुन्दर यसरी पर्दाफास भयो कुरुप काम,अख्तियारका आयुक्तको नाममा मनपरी गर्नेको यिनले उडाए सातो

स्थानीय तहमा निर्वाचित भएको १ बर्ष पूरा भइसक्दा समेत काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंबासीलाई विगतमा भन्दा कुनै परिवर्तनको महसुस गराउन सकेनन् । तर सरकारले प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको डेढ महिनामै सचिव यादवप्रसाद कोइरालाले आंशिक सुधारको थालनी गरेका छन् ।