खेलको ४१ औँ मिनेटमा अर्जेन्टिनाले फर्कायो गोल १ १ को बराबरी



हाम्रो इकोनोमि

खेलको ४१ औँ मिनेटमा अर्जेन्टिनाले फर्कायो गोल । १ १ को बराबरी भएको छ ।

अर्जेन्टिना

अर्जेन्टिना आफ्नो विश्वकपमा पछिल्ला १३ सहभागितामा १२ औँ पटक समूह चरणबाट अघि गएको छ । अर्जेन्टिनाले

 

पछिल्लो पटक सन् २००२ मा मात्रै समूह चरण पार गर्न सकेको थिएन ।

विश्वकपको नकआउट चरणका पछिल्ला ४ खेलमा तीन गोल मात्रै हुन पाएका छन् । अर्जेन्टिनाले दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

पहिलो हाफमा आफूले लिग गरेका विश्वकपका पछिल्ला २७ खेलमा अर्जेन्टिना विजयी भएको छ । सन् १९३० मा अर्जेन्टिनाले सुरुमा अग्रता लिएर पनि उरुग्वेसँग ४–२ ले पराजित भएको थियो ।

विश्वकपमा अर्जेन्टिना धेरैपटक पेनाल्टी सुटआउटमा पुग्ने टिम हो । अर्जेन्टिनाले अहिलेसम्म पाँच पटक पेनाल्टी सुटआउटका आधारमा खेलको निर्णय गर्ने अवस्थामा पुगेको छ र चार पटक जितेको छ । चारपटक पेनाल्टी सुटआउट गरेको फ्रान्सले दुई पटक मात्रै जितेको छ ।

अर्जेन्टिना पछिल्ला पाँच विश्वकपमा चार पटक क्वाटरफाइनलमा पुगेको छ । गएको विश्वकपमा अर्जेन्टिनाले खेलेका चार नकआउट खेल मध्ये तीन खेल अतिरिक्त समयमा धकेलिएका थिए ।

फ्रान्सले सन् १९९८ तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व विजेता बन्नेका थिए ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...