स्पेनलाई आयोजक रुसको चुनौती, प्रतिस्पर्धामा डेनमार्क र क्रोएसिया



रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबार नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् ।

आइतबारको पहिलो खेलमा बेलुका पौने ८ बजे मस्कोमा आयोजक रुस र स्पेनबिचको खेल हुनेछ । स्पेन समूह बी को विजेता तथा रुस समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा साउदी अरेबियालाई ५–० तथा दोस्रो खेलमा इजिप्टलाई ३–१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३–० ले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी गरेको स्पेनले दोस्रो खेलमा इरानलाई १–० ले हरायो । उसले तेस्रो खेलमा मोरक्कोसँग २–२ को बराबरी गरेको थियो ।

प्रतियोगिता सुरु हुनुअघिसम्म कमजोर मानिएको रुसले घरेलु मैदानको आत्मबल लिएको जस्तो देखिएको छ । यसले गर्दा आइबारको खेल स्पेनका लागि सजिलो नहुने देखिन्छ ।

यस्तै आइतबार हुने अर्को खेलमा राति पौने १२ बजे क्रोएसिया र डेनमार्कले निज्हनी नोभ्गोरोडमा हुनेछ ।

क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा पेरुलाई १–० ले हराएको डेनमार्कले दोस्रो खेलमा अस्ट्रेलियासँग १–१ को बराबरी खेलेको थियो । यस्तै उसले तेस्रो खेलमा फ्रान्ससँग गोल रहित बराबरी खेलेको थियो ।

क्रोएसियाले भने पहिलो खेलमा नाइजेरियालाई २–० तथा दोस्रो खेलमा अर्जेन्टिनलाई ३–० ले हराएको थियो । उसले तेस्रो खेलमा आइसल्याण्डमाथि २–१ को जित निकालेको थियो ।

यसअघि शनिबार राति भएका खेलमा जित निकाल्दै उरुग्वे र फ्रान्सले अन्तिम ८ मा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्