खेलको १३ मिनेटमै फ्रान्सले हान्यो गोल, यस्तो थियो बिगत



हाम्रो इकोनोमि

पेनाल्टी पाएपछि खेलको १३ मिनेटमै फ्रान्सले गोल गरेको छ ।

फ्रान्स

फ्रान्सले विश्वकपमा दक्षिण अमेरिकी देशसँग भएका पछिल्ला ८ खेलमा हार बेहोरेको छैन । उसले दक्षिण अमेरिकी देशसँग पछिल्लो पटक हार बेहोरेको भनेको सन् १९७८ मा हो । त्यो बेला फ्रान्स अर्जेन्टिनासँग २–१ ले पराजित भएको थियो ।

यो खेल फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसको ८० औँ खेल हुनेछ फ्रान्सको प्रशिक्षकको रुपमा । उनी रेमोण्ड डोमेनेक भन्दा अघि जाँदै छन् ।

पेनाल्टी सुटआउटलाई हटाएर फ्रान्स विश्वकपको नकआउट चरणका पछिल्ला ११ खेलमा एक पटक मात्रै पराजित भएको छ । उसले ८ खेल जितेको छ भने दुई खेलमा बराबरी भएको छ । फ्रान्स सन् २०१४ को विश्वकपमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।

विश्वकपमा सन् १९८६ मा अन्तिम १६ को चरण सुरु भएयता फ्रान्सले हरेक पटक यो चरणसम्म पुगेको अवस्थामा पार गरेको छ । फ्रान्स सन् १९८६, १९९८, २००६ र २०१४ मा अन्तिम १६ भन्दा अघि गएको थियो ।

यो विश्वकपको समूह चरणका तीन खेलमा फ्रान्सले एक गोल मात्रै खाएको छ ।

अर्जेन्टिना

अर्जेन्टिना आफ्नो विश्वकपमा पछिल्ला १३ सहभागितामा १२ औँ पटक समूह चरणबाट अघि गएको छ । अर्जेन्टिनाले

 

पछिल्लो पटक सन् २००२ मा मात्रै समूह चरण पार गर्न सकेको थिएन ।

विश्वकपको नकआउट चरणका पछिल्ला ४ खेलमा तीन गोल मात्रै हुन पाएका छन् । अर्जेन्टिनाले दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

पहिलो हाफमा आफूले लिग गरेका विश्वकपका पछिल्ला २७ खेलमा अर्जेन्टिना विजयी भएको छ । सन् १९३० मा अर्जेन्टिनाले सुरुमा अग्रता लिएर पनि उरुग्वेसँग ४–२ ले पराजित भएको थियो ।

विश्वकपमा अर्जेन्टिना धेरैपटक पेनाल्टी सुटआउटमा पुग्ने टिम हो । अर्जेन्टिनाले अहिलेसम्म पाँच पटक पेनाल्टी सुटआउटका आधारमा खेलको निर्णय गर्ने अवस्थामा पुगेको छ र चार पटक जितेको छ । चारपटक पेनाल्टी सुटआउट गरेको फ्रान्सले दुई पटक मात्रै जितेको छ ।

अर्जेन्टिना पछिल्ला पाँच विश्वकपमा चार पटक क्वाटरफाइनलमा पुगेको छ । गएको विश्वकपमा अर्जेन्टिनाले खेलेका चार नकआउट खेल मध्ये तीन खेल अतिरिक्त समयमा धकेलिएका थिए ।

फ्रान्सले सन् १९९८ तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व विजेता बन्नेका थिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...