समाचार

विधि, प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिले राजीनामा दिँदैनः ईश्वर पोखरेल

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विधि र प्रक्रियाबाट आएको प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार कुरा गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने बताए