नेकपा स्थायी समिति बैठक मंगलवार बस्ने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थगित स्थायी समिति बैठक बहुमतको आधारमा अघि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तता र अनुपस्थितिका कारण अनिश्चितकालीन स्थगित हुँदै आएको स्थायी समिति बैठकले मंगलवारदेखि निरन्तरता पाउने देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ निवास खुमल टारमा सोमवार बसेको नेकपाका बहुमत सचिवालय सदस्यले स्थायी कमिटीको बैठक रोक्न नहुने र बहुमतकै आधारमा पार्टीलाई अघि बढाउने निर्णय गर्न मत जाहेर गरेका छन् ।

उपस्थित नेताहरुको राय सुझावलाई लिएर भएको अनौपचारिक छलफलले स्थायी कमिटीको बैठक अघि बढाउने समझदारी तय गरेको बताइएको छ ।

स्थायी समितिको बैठक बसिसकिने बित्तिकै केन्द्रीय समितिको वैठक बस्ने आफूहरुको माग रहेको केन्द्रीय समिति सदस्य प्रेमलकुमार खनालले बताएका छन् ।

नेताहरु बहुमत र अल्पमतमा विभक्त हुनु अघि बसेको स्थायी कमिटीको बैठकमा बोल्दै गर्दा बहुमत सदस्यले ओलीलाई दुवै पद छाड्न दबाब दिएपछि ओलीको अनिच्छाका कारण स्थायी समिति वैठक लगातार स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...