नेकपा स्थायी समिति बैठक मंगलवार बस्ने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थगित स्थायी समिति बैठक बहुमतको आधारमा अघि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तता र अनुपस्थितिका कारण अनिश्चितकालीन स्थगित हुँदै आएको स्थायी समिति बैठकले मंगलवारदेखि निरन्तरता पाउने देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ निवास खुमल टारमा सोमवार बसेको नेकपाका बहुमत सचिवालय सदस्यले स्थायी कमिटीको बैठक रोक्न नहुने र बहुमतकै आधारमा पार्टीलाई अघि बढाउने निर्णय गर्न मत जाहेर गरेका छन् ।

उपस्थित नेताहरुको राय सुझावलाई लिएर भएको अनौपचारिक छलफलले स्थायी कमिटीको बैठक अघि बढाउने समझदारी तय गरेको बताइएको छ ।

स्थायी समितिको बैठक बसिसकिने बित्तिकै केन्द्रीय समितिको वैठक बस्ने आफूहरुको माग रहेको केन्द्रीय समिति सदस्य प्रेमलकुमार खनालले बताएका छन् ।

नेताहरु बहुमत र अल्पमतमा विभक्त हुनु अघि बसेको स्थायी कमिटीको बैठकमा बोल्दै गर्दा बहुमत सदस्यले ओलीलाई दुवै पद छाड्न दबाब दिएपछि ओलीको अनिच्छाका कारण स्थायी समिति वैठक लगातार स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...