तातोमिठो : नाम अनुसारको काम !



हाम्रो इकोनोमि

 

कतिपय सेवा नामबाटै प्रष्ट हुन्छ । नाम नै तातोमिठो भएपछि यसले दिने सेवाकाबारेमा थप व्याख्या विश्लेषण किन गर्नुप्यो र ? व्यस्त जीवनमा मिठो परिकारकालागि भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ । तातोमिठो एप्सले खाना पारखीहरुकालागि अबदेखि घरमा बसीबसी मिठो–मिठो खाना विभिन्न छुटका अफरहरु सहित उपलब्ध गराउने सिष्टमको विकास गरेपछि यस्तो अवस्था आएको हो ।

तातोमिठोले खल्ती एप्स (राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा दिने पेमेन्ट गेटवे) सँंग अनलाइन भुक्तानीको लागि साझेदारी गरेपछि अब ग्राहकहरुले आफुले चाहेको रेष्टुरेन्टबाट मिठो खानाको परिकारका साथै खाद्यान्न सामानहरु पनि तातोमिठो एप्सबाट अर्डर गर्नसक्ने व्यवस्था मिलाएको छ । खल्ती एप्सको लिंक प्रयोग गरि लागेको शुल्क तिर्न सक्ने सुविधा प्रदान गर्ने सिष्टम विकास भएसँगै अबका दिनमा मिठो परिकारकालागि सम्पूर्ण ग्राहकले तनाव लिनुपर्ने कामबाट छुटकारा पाउने अवस्था सिर्जना भएको तातोमिठो टिमले बताएको छ ।

आफ्ना ग्राहकलाई कसरी सस्तो छिटो मिठो र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने विषयमा दत्तचित्त भएर काम गरिरहेको तातोमिठो एप्सले विगत ५ महिनादेखि आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ । गुणस्तरीय सेवा दिएकै कारण हालसम्म यस एप्समा काठमाडौँ र ललितपुरका करिब दुई सय भन्दा धेरै रेष्टुरेन्टहरु आबद्ध भइसकेको पनि लामाले बताएका छन् ।

यस एप्सको मुख्य विशेषताबारे जानकारी दिंदै सो टिमले आफ्ना ग्राहकहरुसंग अतिरिक्त शुल्क नलिइ तातोमिठो खाजा र खाना ग्राहकसम्म पुर्याउनु हाम्रो प्रमुख उद्देश्य रहेको पनि बताएको छ । त्यतिमात्रै हैन, यो एप्सको अर्को मुख्य आकर्षण भनेको ग्राहकहरुले थोरै मूल्यका खानाका परिकार पनि अर्डर गर्न सक्ने र त्यस बापत अतिरिक्त शुल्क नलाग्ने बरु उल्टै विभिन्न अफर समेतको व्यवस्था गरेको पनि तातोमिठो टिमले जानकारी दिएको छ ।

तातोमिठो टिम

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...