विविध

कुकुरले पर्स चोरेपछि…

चीनको अनहुई प्रान्तस्थित एन्किङ सहरनिवासी एकजना व्यक्ति पसलमा साथीभाइसँग रमाइलो गरेर बसिरहेका थिए। उनीहरू तास खेलिरहेका थिए। त्यत्तिकैमा उनले गोजी छामे। पर्स थिएन। केही मिनेटअगाडि पर्सबाट उनले पैसा झिकेका थिए। क्षणभरमै हराएपछि उनले साथीभाइसँग खोजबिन गरे। पत्ता नलागेपछि पुलिस गुहारे।