माइती घरमा आएर युवतीले गरिन् आत्महत्या



हाम्रो इकोनोमि

 

 

भक्तपुरमा एक युवतीले माइतीघरमा झुण्डिएर आत्महत्या गरेकी छन्। विवाह गरेर श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले झुण्डिएर आत्महत्या गरेकी हुन्।

 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार माइतीघरको पाँचतलामाथि स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले आइतबार साँझ रेजिला माइतीघरको पाँचौं तलाको स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएको भन्ने सूचना पाएसँगै परिसरबाट प्रहरी टोली खटिएको जानकारी दिए ।

टोली घटनास्थल पुग्दा रेजिला सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएको अवस्थामा भेटिएको उनले बताए।

घटनास्थलमा आत्महत्या गरेकोबारे कुनै टिपोट फेला नपरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।उनका अनुसार आमाबुबाले मागी विवाह गरिदिएकी रेजिला श्रीमानसँग बस्न नसकेपछि ६ महिनाअघिदेखि माइतीघरमै बस्दै आएका थिइन्।

प्रहरीले विवाह भएर पनि श्रीमानसँग बस्न नसकेपछि निराश भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...