उदयपुरको घुर्मीमा जीप दुर्घटना, एकको मृत्यु, ८ घाइते



हाम्रो इकोनोमि

 

 

उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको एवान सिटीभिलेज यातायातको ना१ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका- १४ घुर्मी बजार नजिक बादुरामा दुर्घटना भएको हो।

दुर्घटनामा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको घुर्मीका ट्राफिक प्रहरीका इन्चार्ज रामकुमार शाहले बताए।  जीपमा सवार २ विदेशी नागरिकमध्ये मृतक महिला हुन्। उनी कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन। चालक र एक विदेशी नागरिकसहित ८ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि राजधानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

हतकडीसहित फरार रहेका अभियुक्त ११ दिनपछि पक्राउ

हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ। सुनकोशी गाउँपालिका-३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले आइतबार राति बसपार्कबाट पक्राउ गरेको हो।

सर्लाही ईश्वरपुरा नगरपालिका-५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडौंबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए।

परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। उनलाई आवश्यक कारवाहीका लागि सर्लाही प्रहरीको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...