दिदीको घर जाँदै गरेकी किशोरी बाटैमा सामुहिक बलात्कारको शिकार, रङ्गेहात समातिए दुई जना



हाम्रो इकोनोमि

 

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरण नै सरकारलाई भारी बनिरहेका बेला म्याग्दीकी एक किशोरी सामुहिक बलात्कारको शिकार बनेकी छन् ।

म्याग्दीको बेनी नगरपालिका–८ नयाँगाउँ घर भई अन्नपूर्ण गाउँपालिका–६ धारास्थित दिदीको घरमा जाँदै गरेकी १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कारमा परेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीको अभियोगमा प्रहरीले म्याग्दीमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ धारा बस्ने १८ वर्षीय अर्जुन रात्ना र नवीन परियार छन् ।

उनीहरु दुवै जनालाई बलात्कार गदैगर्दै किशोरीका आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

किशोरीका आफ्न्तको नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरी चौकी शिखधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो । यता ओखलढुङ्गामा अपाङ्ग महिलालाई बलात्कार गर्ने एक पक्राउ परेका छन् ।

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ निसंखे चुहानछाप बस्ने फरक क्षमता भएकी (बोल्न नसक्ने) ३५ वर्षीया महिलालाई बारीमा घाँस काट्न गएको अवस्थामा जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय लालबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ परेका कार्कीलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...