पार्टी संकटमा पार्न देउवाको हात : रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कारण पार्टी संकटमा रहेको आरोप लगाएका छन्। दुई साता लामो युरोप भ्रमणमा रहेका बरिष्ठ नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन्।

नेता पौडेलले नेपाली कांग्रेसको १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण यो अवस्थामा आएको बताए।

सभापति देउवाप्रति आक्रमक देखिएका नेता पौडलले सभापति देउवाको नाम उच्चरण नगरी प्रजातन्त्रलाई दरवारमा बुझाएको, व्यक्तिगत स्वार्थको लागि पार्टी र राष्ट्रलाई धोका दिए आरोपसमेत लगाए।

उनले नेपाली कांग्रेस विधि विधानबाट बिचलित हुँदा संकटमा पुगेको बताए। पौडलले प्रदेश सभादेखि राष्ट्रिय सभासम्म कांग्रेसले अविश्वासको प्रस्तावसम्म राख्न नसक्ने हैसियतमा पुग्नु १३ औं महाधिवेशनले दिएको म्यान्डेटको परिणाम भएको बताए।

उनले  १३ औं महाधिवेशनले दिएको म्यान्डेट करेक्सन गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए। नेपाली कांग्रेस विधिविधानले चल्ने कि नचल्ने बिषयमा विवाद रहेको जिकिर गर्दै हुकुम प्रमाङ्गीबाट राणा शासन र राजाको शासन मात्र चलेको स्मरण गरे। तर नेपाली कांग्रेसमा हुकुमी शासन नचल्ने उनले बताए।

बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न अधिवेशनमा जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापाकोटा, नेपाल आदिवासी जनजाति संघका पूर्वअध्यक्ष नरेन्द्र कुमाललगायतले शुभकामना मन्तव्य दिए। अधिवेशनको लागि पार्टी केन्द्रले खटाएका नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतम अधिवेशन स्थलमा पुगेका थिए। तर वरिष्ठ नेता पौडेलले गौतमलाई मान्यता दिएनन्। त्यसपछि जनसम्पर्क समिति लग्जेम्वर्गको अधिवेशन विवादस्पद बनेको थियो।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...