जाँड रक्सी बनाउँने भाँडा किन्दै सरकार, यस्तो रहेछ कारण
सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् ।