दुखद खबर : माओवादीले थापेको विद्युतीय धरापमा परी कम्तिमा चार सैनिकको मृत्यु



हाम्रो इकोनोमि

 

भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ ।

आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।

छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणमा परी अरु छ जना घाइते भएका छन् ।

घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताउनुभयो ।

भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौँदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ ।

माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतको कम्तीमा २० ओटा राज्यमा माओवादी विद्रोहीहरुको उपस्थिति रहेको विश्वास गरिन्छ । ती मध्ये छत्तिसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्र बढी प्रभावित भएको मानिन्छ ।

विद्रोही माओवादीहरुले पछाडि पारिएको समुदाय र जमिन विहिन किसानहरुका लागि आफूहरुले विद्रोह गर्नु परेको बताउने गरेका छन् ।

सरकारी पक्ष र विद्रोही पक्षको द्वन्द्वमा परी अहिले सम्म हजारौको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन् । माओवादी विद्रोहीको बढी प्रभाव रहेको ठाउँमा सरकारले सैन्य अभियानहरु चलाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...