वाणिज्य बैंकहरुको नाफामा बृद्धि



हाम्रो इकोनोमि

 

 

चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड नाफा आर्जन गरेका छन् । बाणिज्य बैंकहरुले अघिल्लो आर्थिक बर्षको सोही अबधिमा भन्दा ० दशमलव ८९ प्रतिशत बढी नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको फागुनसम्म बैंकहरूले ४३ अर्ब ४९ करोड नाफा कमाएका थिए ।

नाफा कमाउने बैंकहरुमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ । गत वर्ष सोही अवधिमा ४ अर्ब नाफा कमाएको नविल बैंकले यो अवधिमा कुल ६ अर्ब ७ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुमारी बैंकले आफ्नो नाफामा २७४.६५ प्रतिशत बढाएको छ । उसले ३ अर्ब ६३ करोड नाफा कमाएको छ । यसैगरी यो अवधिमा सिद्धार्थ बैंकले ६८.३१ प्रतिशत, कृषि विकास बैंकले ६५.५६ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ३५.६८ प्रतिशत, सानिमा बैंकले २३.२१ प्रतिशतले नाफा बढाएका छन् ।

२० वटा वाणिज्य बैंकहरुमध्ये ९ वटा बैंकको नाफामा गिरावट आएको छ। लक्ष्मी सनराइज बैंकको नाफामा ६७.३६ प्रतिशत, एनआइसी एशिया बैंकको ६२.४१ प्रतिशत, नेपाल बैंकको ६०.२८ प्रतिशतले गिरावट आएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, हिमालयन र सिटिजन्स बैंकको नाफामा पनि गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...