वाणिज्य बैंकहरुको नाफामा बृद्धि



हाम्रो इकोनोमि

 

 

चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड नाफा आर्जन गरेका छन् । बाणिज्य बैंकहरुले अघिल्लो आर्थिक बर्षको सोही अबधिमा भन्दा ० दशमलव ८९ प्रतिशत बढी नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको फागुनसम्म बैंकहरूले ४३ अर्ब ४९ करोड नाफा कमाएका थिए ।

नाफा कमाउने बैंकहरुमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ । गत वर्ष सोही अवधिमा ४ अर्ब नाफा कमाएको नविल बैंकले यो अवधिमा कुल ६ अर्ब ७ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुमारी बैंकले आफ्नो नाफामा २७४.६५ प्रतिशत बढाएको छ । उसले ३ अर्ब ६३ करोड नाफा कमाएको छ । यसैगरी यो अवधिमा सिद्धार्थ बैंकले ६८.३१ प्रतिशत, कृषि विकास बैंकले ६५.५६ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ३५.६८ प्रतिशत, सानिमा बैंकले २३.२१ प्रतिशतले नाफा बढाएका छन् ।

२० वटा वाणिज्य बैंकहरुमध्ये ९ वटा बैंकको नाफामा गिरावट आएको छ। लक्ष्मी सनराइज बैंकको नाफामा ६७.३६ प्रतिशत, एनआइसी एशिया बैंकको ६२.४१ प्रतिशत, नेपाल बैंकको ६०.२८ प्रतिशतले गिरावट आएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, हिमालयन र सिटिजन्स बैंकको नाफामा पनि गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...