बाबुको झारफुक गर्न जाँदा १३ वर्षीया छोरी बलात्कार, बलात्कारी पक्राउ



हाम्रो इकोनोमि

 

१३ वर्षीया बालिकालाई बवरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

चैत्र १९ गते दिउँसो मध्यपुर थिमि वडा नम्बर १ लोकन्थलीमा एक बालिकालाई जवरजस्ती करणी गरी भागेका मकवानपुर जिल्ला मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ५ घर भई हाल भक्तपुर चांगुनारायण नगरपालिका ८ बस्ने ३५ वर्षीय रोशन भन्ने हिरामणी घिमिरेलाई भक्तपुर प्रहरीले रसुवाबाट पक्राउ गरेको हो ।

पीडित बालिकाको बाबुलाई झारफुक गर्ने बाहानामा १३ वर्षकी बालिकालाई समेत कोठाभित्र राखी भित्रबाट चुकुल लगाई जवरजस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी वृत्त थिमिमा परेको थियो ।

उजुरीका आधारमा तत्कालै खोजतलास गर्नको लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चैत्र २१ गते रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर ३ कटुन्जेबाट घिमिरेलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...