बाबुको झारफुक गर्न जाँदा १३ वर्षीया छोरी बलात्कार, बलात्कारी पक्राउ



हाम्रो इकोनोमि

 

१३ वर्षीया बालिकालाई बवरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

चैत्र १९ गते दिउँसो मध्यपुर थिमि वडा नम्बर १ लोकन्थलीमा एक बालिकालाई जवरजस्ती करणी गरी भागेका मकवानपुर जिल्ला मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ५ घर भई हाल भक्तपुर चांगुनारायण नगरपालिका ८ बस्ने ३५ वर्षीय रोशन भन्ने हिरामणी घिमिरेलाई भक्तपुर प्रहरीले रसुवाबाट पक्राउ गरेको हो ।

पीडित बालिकाको बाबुलाई झारफुक गर्ने बाहानामा १३ वर्षकी बालिकालाई समेत कोठाभित्र राखी भित्रबाट चुकुल लगाई जवरजस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी वृत्त थिमिमा परेको थियो ।

उजुरीका आधारमा तत्कालै खोजतलास गर्नको लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चैत्र २१ गते रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर ३ कटुन्जेबाट घिमिरेलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...