गोरू तस्करको पक्षामा समाचार नलेख्दा पत्रकारकी छोरीको अपहरण, के गर्दैछ प्रहरी ?



हाम्रो इकोनोमि

 

आफू अनुकूल सामाचार नलेखेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहानलाई चैत १९ गते राति अपहरण गरेको भन्दै पीडितपक्षले चैत २० गते प्रहरीमा उजुरी दर्ता गरेको छ ।

बुटवल टुडे दैनिक पत्रिका र बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत बिन्दु चौहानले केही समय अगाडि ‘रोकिएन गोरु तस्करी’ भन्ने शीर्षकको समाचार लेखेपछि स्थानीय गोरु तस्करले आफूलाई पटकपटक धम्की दिएको चौहानले बताए ।

त्यसैगरी चैत १७ गते गाउँमा एक जना महिलालाई एउटा समूहले कुटपिट गरेको देखेपछि आफूले इलाका प्रहरी कार्यालय लुम्बिनीमा फोन गरेर घटनाको विषयमा जानकारी दिए पश्चात प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार हुनेहरुले प्रहरीलाई किन बोलाएको भन्दै ‘तँलाई पनि म बताउँछु ’ भनी धम्की दिएको पत्रकार चौहानले बताए ।

बोल्ने र सुन्ने क्षमता नभएकी युवतीलाई चैत १९ गते राति १ बजेदेखि ४ बजेको बीचमा अपहरण गरी घरदेखि दक्षिण ८ सय मिटरको दुरीमा तौलिहवा सडक खण्डमा रहेको गहुँबारीमा पुर्याएको पीडित पक्षको आरोप छ ।

घटना के कति कारणले र कसले गरयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए । पीडितका बुबाले समाचार लेखेकै आधारमा बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीको पनि अनुमान छ ।

पीडितका बुबालाई धम्की दिएको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–११ का ५५ वर्षीय चन्द्रीका पासी, ५५ वर्षीय ब्रमानन्द हरिजन, ४१ वर्षीय हरिराम हरिजन र ४० वर्षीय मुविक फकिरलाई चैत २० गते गिरफ्तार गरेको छ ।

उक्त अपहरण घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य विन्दुकुमार चौहानकी छोरी ममता चौहानको अपहरणप्रति घोर भत्र्सना गरेको छ ।

अध्यक्ष यानेन्द्र जिसी र सचिव राम प्रसाद आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की तथा परिवारमाथिको तनावलाई स्थानीय प्रशासनले गम्भीर ढङ्गले लिनुपर्ने र दोषीलाई यथाशक्य छिटो कानुनी दायरामा ल्याउन प्रशासनसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...