राजनीति

बाटो पिच नगरेको भन्दै थलीवासीले र्‍याखर्‍याख्ती पारे फुयाँललाई

    जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्‍याखर्‍याख्ती पारेका छन् । काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारे ।