पार्टी एमाले, नेता ओली जस्तो हुनुपर्छ : करिश्मा मानन्धर



हाम्रो इकोनोमि

 

 

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । डा. बाबुराम भट्टराईले नयाँ शक्ति जनता समाजवादी पार्टीमा विलय गराएपछि केही समय राजनीतिक रुपमा निस्क्रिय रहेकी उनले एमाले रोज्नुको चार कारण बताएकी छन्।

‘म किन एमालेमा आएँ भन्ने प्रश्न धेरेमा हुनसक्छ। यसका खास कारण छन्’, उनले भनिन्,‘एउटा कार्यकर्ता भएर काम गर्छु, जिम्मेवारी जे पाउँछु त्यो पनि पूरा गर्छु।’

एमालेलाई रोज्नुको पहिलो कारणचाहिँ अध्यक्ष केपी शर्मा ओली रहेको मानन्धरको भनाई थियो। उनले ओलीमा अठोट, नेतृत्वको क्षमता, राजनीतिक रुपमा सपनाहरू देखाएर कार्यान्वयन गर्न सक्ने सामथ्र्य र आत्मबल एमालेमा जोडिनुपर्ने कारण रहेको बताइन् ।

एमालेको सांगठनिक ढाँचा, नेताहरूमा रहेको राजनीतिक संस्कार, प्रमुख प्रतिपक्षी हुँदाको भूमिका र त्यसको प्रस्तुती पनि एमालेको परिवारभित्र छिर्न मद्दत गर्ने अर्को कारण रहेको अभिनेत्री मानन्धरको भनाई थियो।

आफू विभिन्न कार्यक्रममा जाँदा पार्टी र एमालेभन्दा बाहेकका दलका नेता कार्यकर्ताले पनि अध्यक्ष ओलीको प्रशंशा गरेको, एमालेको भूमिकाको गुणगान गाएका कारण यो पार्टी नै मुलुकका लागि आशा रहेको अभिनेत्री मानन्धरले रोज्नुको तेस्रो कारण बनेको हो। उनले भनिन्,‘पोखरालगायतका विभिन्न ठाउँका कलाकर्मका कार्यक्रममा जाँदा मैले अध्यक्ष ओलीको प्रशंशा विभिन्न क्षेत्रका मानिसबाट सुनेकी थिएँ। त्यसले मलाई प्रेरित गरेको छ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...