एमाले समग्रमा ठूलो पार्टी हो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्। उनले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताए ।‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उनले भने, ‘जनपरिचालन कसरी गर्ने यही बैठकले तय गर्नुपर्छ।’

उनले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताए । ‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ यो गलत छ,’ उनले भने, ‘हामी समग्रमा ठूलो पार्टी हो । प्रजा परिषद पनि यसमैमा समाहित भएको छ । यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौं।’

उनले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताएका थिए । उनले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताए । उनले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताए । केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो । उनले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गरेका थिए।

उनले पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताए । केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने, राजनीतिक प्रतिवेदनमाथि छलफल, विभागहरू गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तयारी, पार्टीको बार्षिक क्यालेन्डरको तयारीलगायत विषयमा छलफल हुनेछ ।

बिहीबारसम्म चल्ने बैठकमा पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियमबारे पनि छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...