बाटो पिच नगरेको भन्दै थलीवासीले र्‍याखर्‍याख्ती पारे फुयाँललाई



हाम्रो इकोनोमि

 

 

जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्‍याखर्‍याख्ती पारेका छन् । काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारे । त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै एमाले नेता एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाँल प्रहरीहरुसहित त्यहाँ पुगे ।

तर स्थानीयले उनलाई घेरा हालेर आजसम्म पनि बाटो किन पिच नगरेको भन्दै प्रश्न गरे । फुयाँलले ठेकेदारलाई दोष देखाउँदै जोगिने प्रयास गरे । तपाईंहरुको लागि लड्या लड्यै छु, बाटो पिच गराउँछु भन्दै आश्वासन दिए । तर स्थानीय झर्किए । उनीहरुले कुर्सिको लागि राजनीति गरेको, परिवारको लागि लडेको भन्दै आलोचना गरे ।

त्यसको जवाफमा फुयाँलले भने– म म अफिसर छोडेर राजनीतिमा आएको, जनताको लागि आएको । एकजना स्थानीयले भोटको राजनीति गरेको आरोप लगाउँदै फेरि प्रश्न गरे- कुर्सिको लागि पार्टी फुटाएको तिमीहरुले होइन ?

भिडबाट अनेक प्रश्नहरू बर्सिएपछि फुयाँल केही नरम देखिए । ठेकेदारलाई बोलाएर भोलि नै बाटो पिच गराउन थाल्ने बताउँदै उनले भने, ‘आज बाटो खोलौं । भोलि बिहान आठ बजे यही थली चौरमा मिटिङ गरौं ।’

तर स्थानीयले मानेनन् । १० वर्षसम्म नभएको काम भोलि एक दिनमा बन्छ र ? भन्दै प्रश्न गरे । उनीहरुले आजै काम सुरु नभएसम्म बाटो नखुलाउने अडान लिए । अनि स्थानीयले नारा लगाउन थाले- बाहाना बनाउन पाइँदैन, पछि हट्न पाइँदैन, झुठो आश्वासन मान्दैनौं… । त्यसपछि सांसद फुँयाल लरुक्क त्यहाँबाट बाटो लागे । जनताले नाराबाजी भने गरिरहेकै थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...