प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद एकनाथ ढकालको प्रश्नको जवाफ दिँदै जनताको स्वतन्त्रता¸ समानता¸ सहअस्तित्व र मानवअधिकारको रक्षाको लागि सरकार निरन्तर प्रतिबद्ध रहेको बताए ।