मधेशमा मुख्यमन्त्री र देशको प्रधानमन्त्री एमालेको हुनुपर्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता योगेश भट्टराईले अगामी निर्वाचनमा एमालेले प्रदेश र संघको नेतृत्व गर्नेगरी संगठन निर्माणमा लाग्न आह्वान गरेका छन् । धनुषाको शहीदनगर नगरपालिका ६ मा शहिद रामनारायण मण्डल ९मुरबल०को २८ औं स्मृति दिवसमा बोल्दै नेता भट्टराईले यस्तो आह्वान गरेका हुन् । उनले महान शहीद मुरबलले देखाएको बाटोमा अविचलित ढंगले संगठन निर्माणमा लाग्नुपर्ने बताए । उनले अघिल्लो चुनावमा कुनै दलले बहुमत नल्याएकै कारण अहिले प्रदेश र संघ सरकार भ्रष्टाचारको अखाडा बनेको टिप्पणी गरे । उनले भने, ‘संगठन निर्माणमा लागौं । ०८४ को चुनावमा मधेशमा मुख्यमन्त्री र देशको प्रधानमन्त्री एमालेको बन्नुपर्छ । संविधान बनेको ९ बर्ष वितिसकेको छ’, उनले भने, ‘धेरै राजनीतिक अधिकार जनताले पाएका छौं । अझ पनि नेपाली जनताको भोको पेट कायम छ । जुत्ता चप्पल धेरै नेपालीले लगाउन पाएको छैन । राम्रो स्कूलमा शिक्षा र राम्रो उपचार पाएको अवस्था छैन । यी समस्याहरु पनि समाधान हुनुपर्छ । एमालेले प्रदेश र संघमा १० वर्ष नेतृत्व गर्दा देशको कायापल हुने उनले बताए । संविधान र कानूनले सम्पूर्ण नेपालीलाई नागरिकताको अधिकार दिए पनि कतिपय दलले भ्रम सिर्जना गर्न खोजेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...