मधेशमा मुख्यमन्त्री र देशको प्रधानमन्त्री एमालेको हुनुपर्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता योगेश भट्टराईले अगामी निर्वाचनमा एमालेले प्रदेश र संघको नेतृत्व गर्नेगरी संगठन निर्माणमा लाग्न आह्वान गरेका छन् । धनुषाको शहीदनगर नगरपालिका ६ मा शहिद रामनारायण मण्डल ९मुरबल०को २८ औं स्मृति दिवसमा बोल्दै नेता भट्टराईले यस्तो आह्वान गरेका हुन् । उनले महान शहीद मुरबलले देखाएको बाटोमा अविचलित ढंगले संगठन निर्माणमा लाग्नुपर्ने बताए । उनले अघिल्लो चुनावमा कुनै दलले बहुमत नल्याएकै कारण अहिले प्रदेश र संघ सरकार भ्रष्टाचारको अखाडा बनेको टिप्पणी गरे । उनले भने, ‘संगठन निर्माणमा लागौं । ०८४ को चुनावमा मधेशमा मुख्यमन्त्री र देशको प्रधानमन्त्री एमालेको बन्नुपर्छ । संविधान बनेको ९ बर्ष वितिसकेको छ’, उनले भने, ‘धेरै राजनीतिक अधिकार जनताले पाएका छौं । अझ पनि नेपाली जनताको भोको पेट कायम छ । जुत्ता चप्पल धेरै नेपालीले लगाउन पाएको छैन । राम्रो स्कूलमा शिक्षा र राम्रो उपचार पाएको अवस्था छैन । यी समस्याहरु पनि समाधान हुनुपर्छ । एमालेले प्रदेश र संघमा १० वर्ष नेतृत्व गर्दा देशको कायापल हुने उनले बताए । संविधान र कानूनले सम्पूर्ण नेपालीलाई नागरिकताको अधिकार दिए पनि कतिपय दलले भ्रम सिर्जना गर्न खोजेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...