काठमाडौं महानगर अगाडि ७७ घण्टासम्म उभिने युवाहरुको घोषणा



हाम्रो इकोनोमि

 

 

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् । ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए । तर नेतृत्वमा पुगेपछि ठीक विपरीत व्यवहार देखिएको भएको भन्दै उनले भने, ‘व्यक्तिको विरोध गरेको होइन, स्थानीय सरकारसँग जवाफ मागेका हौं । युवाले नेतृत्व गरेको सरकारले पहिलाभन्दा फरक व्यवहार देखाउनुपर्‍यो भनेका हौं ।’

‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियानका अभियन्ताहरुले मेयर बालेन शाहसँग सम्वाद गर्न खोजेका थिए । तर उनी सम्वादका लागि तयार नै भएनन् । ‘हिजो सँगै हिँड्नुभएको साथीहरु नै अल्टरनेटिभ पोलिटिक्समा हुनुहन्छ, मेयरको सचिवालयमा हुनुहुन्छ’ ईः भन्छन्, मेयरले भेट्न नचाहेपछि उहाँहरुमार्फत फ्रेमवर्क पनि पठाएका थियौं । त्यसको कुनै रेस्पोन्स आएन । मेयर बालेनले निर्णय गरेपछि गलत नै भएपनि कार्यान्वयन गरिछाड्छु भन्ने हद देखाएको अभियन्ताहरुको बुझाइ छ । इगोमा सेन्टरमा राखेर सरकार चलाउने हो भने न उहाँलाई राम्रो हुन्छ, न हिजो उहाँलाई समर्थन गर्ने हामीहरुलाई राम्रो हुन्छ ।’त्यसैले फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनबारे ध्यानाकर्षण गराउन महानगरको कार्यालय अगाडि ७७ घण्टा उभिने निर्णय लिएको ईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...