शेखर-गगन समुहको भेलामा को-को पुगे ?



हाम्रो इकोनोमि

 

 

पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरू भएको छ । बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू जुटेका हुन् । बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।

शेखर गगन समुहको भेलामा यसअघि कतैतिर नखुलेका र देउवाले केन्द्रीय कार्य समिति सदस्य मनोनीत गरेपछि उनैतिर ढल्किएको भनिएका मिनेन्द्र रिजालसमेत सहभागी भएका छन् । त्यस्तै चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि भेलामा सहभागी छन् ।

कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् । तर, इतर पक्षको भेलामा नेता कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाए पनि सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...