शेखर-गगन समुहको भेलामा को-को पुगे ?



हाम्रो इकोनोमि

 

 

पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरू भएको छ । बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू जुटेका हुन् । बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।

शेखर गगन समुहको भेलामा यसअघि कतैतिर नखुलेका र देउवाले केन्द्रीय कार्य समिति सदस्य मनोनीत गरेपछि उनैतिर ढल्किएको भनिएका मिनेन्द्र रिजालसमेत सहभागी भएका छन् । त्यस्तै चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि भेलामा सहभागी छन् ।

कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् । तर, इतर पक्षको भेलामा नेता कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाए पनि सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...