लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली



हाम्रो इकोनोमि

 

 

कपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ । साँझ सात बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत घन्काएका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पंक्तिले संविधान साँझ मनाए ।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यन्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताए । ओलीले भने- लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्याले नेपवालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं । सो अवसरमा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको अगुवाई नगरेको भए २०७२ असोज ३ गते संविधान आउने थिएन भन्दै यसको नेतृत्वका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई इतिहासले सधैं सम्झिने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...