लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली



 

 

कपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ । साँझ सात बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत घन्काएका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पंक्तिले संविधान साँझ मनाए ।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यन्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताए । ओलीले भने- लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्याले नेपवालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं । सो अवसरमा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको अगुवाई नगरेको भए २०७२ असोज ३ गते संविधान आउने थिएन भन्दै यसको नेतृत्वका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई इतिहासले सधैं सम्झिने बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि