राजनीति

सोले फिल्मका भिलेनका बाउहरु नेपालमा छन् भन्दै गृहमन्त्रीले भने-एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश तस्करहरुले लुटिरहेको बताएका छन्। सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताए। ‘२/४ सय तोला होइन, एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ।’