नयाँ मोर्चाबन्दीको तयारीमा प्रचण्ड, किन भेटे एकाबिहानै भट्टराई र यादवसँग, यस्तो सहमति भयो गोप्य वार्तामा



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिच नयाँ मोर्चा बनाउने गृहकार्य सुरु भएको छ ।मोर्चा बनाउने विषयमा प्रचण्ड, भट्टराई र यादवबिच भेटवार्ता भएको हो । शुक्रबार विहानै प्रचण्ड निवास खुमलटारमा भट्टराई र यादव पुगेका थिए .एमालेसँग पार्टी एकताको प्रयास गरिरहेका प्रचण्डले यदी एकता हुन नसक्ने अवस्था आयो भने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गर्न भट्टराई र यादवलाई बोलाएको बुझिएको छ ।

तर गोप्य रुपमा भएको भेटले नयाँ राजनीतिक रणनीति र समिकरण बनाउन खोजिएको आशंका छ ।एमालेले एकता गर्ने भन्ने तर माओवादीले भनेजस्तो सम्मानजनक वा बराबरी हैसियतमा व्यवस्थापन नगर्ने आशंका प्रचण्डले गरिरहेका बेला भट्टराई र यादवसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।एकता भएन भने नयाँ मोर्चाबन्दी बनाउने वा राजनीतिक समिकरण बदल्ने मनसायमा प्रचण्ड रहेको कतिपयको आशंका छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...