ओली र प्रचण्ड रातभरी जाग्राम बसेर भए पनि पार्टी एकता गर्ने मिती तोक्न भन्दै पलेटी मारेरै बसे छलफलमा



पार्टी एकीकरणलाई औपचाकिरता दिने कसरत स्वरुप प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि छलफलमा जुटेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा साढे तीन बजेदेखि ओली र दाहाल छलफलमा व्यस्त छन्।

बिहीबार बिहान एकीकरणलाई लिएर छलफल गर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेपनि ओली व्यस्त बनेपछि दाहालले झण्डै एक कुरेका थिए।

त्यसपछि छोटो छलफल मात्रै उनीहरुबीच भएको थियो र दिउँसो भेट गर्ने भन्दै उनीहरु छुट्टिएका थिए।

स्रोतका अनुसार त्यसअघि माओवादी अध्यक्ष दाहालले नेकपा एमालेका नेता माधव कुमार नेपालसँग करिब आधा घण्टा भेटेका थिए।

‘ओली र दाहालबीचको आजको छलफलले केही न केही निर्णय गर्ने सम्भावना छ। किनकी उनीहरुलाई पार्टी एकीकरणको चर्को दवाव छ’, स्रोतले भन्यो।

पार्टी एकीकरणलाई औपचारिकता दिन ओली र दाहालबीच पटकपटक ‘वान अन वान’ वार्ता भएपनि त्यसले निष्कर्षको रुप पाउन सकेको छैन।

स्रोतका अनुसार ओली र दाहालबीच बाहिर एकीकृत पार्टीमा दुवै पार्टीको हिस्सेदारी, पार्टीको चिन्ह, जनयुद्ध लगायतमा समझदारी कायम हुन नसकेको बताइएपनि एकीकृत पार्टीको महाधिवेशनपछि कार्यकारी अध्यक्ष को बन्ने भन्नेमै विवाद कायमै छ ।

त्यसैकारण उनीहरु पटकपटक छलफलमा जुटेपनि सहमति गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्