८ जना ब्यबसायी समातेर इटहरीमा प्रहरीले नै चलाए सार्वजनिक गाडी,पोखराका ब्यबसायी जिल्ला छोडेर भागे



हड्ताल गर्ने यातायात व्यवसायीलाई पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए लगत्तै धरानबाट प्रहरीले ४ बस व्यवसायी संघका ८ जना पदाधिकारीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कोशी बस व्यवसायी संघ धरानका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबहादुर थापा, पूर्वाञ्चल बस व्यवसायी संघका अध्यक्ष मोहनमणि बराल, उपाध्यक्ष सरोज श्रेष्ठ, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट र कोषाध्यक्ष, सुमन थापा रहेका छन्। संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमुलाई पनि पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। इटहरी क्षेत्रमा पनि हड्ताल गर्ने बस व्यवसायीहरुको खाजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले बताए ।

यसैबीच सिण्डिकेटविरूद्ध गाडी चलाउने व्यवसायीलाई पूर्वमा प्रहरीको उच्च सुरक्षा दिएको छ। दिउँसो इटहरीबाट छुट्ने गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले आँफै गाडी चलाएर अलपत्र परेका यात्रुको उद्धार गरिरहेका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जनतालाई सेवा दिन भनि संचालनमा रहेका सवारी रोक्नु जायज नभएको बताए। उनले निजी व्यवसायीले सुरक्षा मागे प्रशासन सुरक्षा दिन तत्पर रहेको बताए। साथै उनले गाडी नचलाउने व्यवसायीका गाडी ग्यारेजबाट निकालेर प्रहरीले आँफै कुदाउने बताए।

व्यावसायी समिर कार्कीले आफू कसैका बिरोध गर्ने पक्षमा नभएको भन्दै प्रशासनको सुरक्षामा सवारी कुदाएको बताए। उनले भने, ‘हामीले जनतालाई सेवा दिन गाडी किनेका हौं, हामी गाडी चलाउँछौँ।’

गृहमन्त्री रामबहादुर थापाले सिण्डकेट पक्षधरलाइ पक्राउ गर्न निर्देशन दिए लगत्तै धरानमा व्यवसायी कृष्ण सुवदीलगायतलाई पक्राउ गरिएको छ। इटहरीमा पनि व्यवसायीलाय पक्राउ गर्न प्रहरी लागि परेको जनाइएको छ।

गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही थाल्न निर्देशन दिएका हुन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर हडतालमा निषेध लगाएको सेवा यातायात व्यवसायीले शुक्रबार बिहानदेखि ठप्प पारेका छन्।

मन्त्रालय स्रोतका अनुसार आवश्यक देखिएमा समितिका पदाधिकारीहरुलाई समेत पक्राउ गरेर कारवाही गर्न मन्त्री थापाले निर्देशन दिएका हुन्।

उता गृहमन्त्री रामबहादुर थापा बादलले सिन्डिकेटको समर्थन गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन दिएपनि कास्कीका व्यवसायी भने समातिएका छैनन् ।

पोखराका कुनैपनि यातायात व्यवसायी सम्पर्कमा नभएको कास्कीका सहायक सीडीओ गंगा क्षेत्रीले जानकारी दिए ।

पोखरामा बिहानैदेखि कुनै पनि सार्वजनिक गाडी नचल्दा यात्रुले सास्ती खेपिरहेका छन् । गृहमन्त्रीको निर्देशनपछि देशका विभिन्न ठाउँमा सिन्डिकेट पक्षधारी व्यवसायी तथा समितिका पदाधिकारी फक्राउ पर्न थालेका छन् तर कास्कीमा भने अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

कास्कीका यातायात व्यवसायी भागे अन्य जिल्ला पुगेको खबर आएको सिडिओ तारानाथ अधिकारीले जानकारी दिए । ‘व्यवसायीलाई पक्राउ निर्देशा दिइसकेको छु । उनीहरु भागेर अन्य जिल्ला गएको खबर बुझिएको छ,’ सीडीओ तारानाथ अधिकारीले भने, ‘उनीहरु सम्पर्क आउनेबित्तिकै नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा चलाउँछौं ।’

गाडी थन्क्याएर समिति पदाधिकारी पक्राउ पर्ने डरले पोखराका यातायात व्यवसायी अन्य जिल्ला भागेको बुझिएको छ ।
पृथ्वीराजमार्ग बस व्यवसायी समिति, पोखरा नगर बस, बिन्ध्यावासिनी बस लगायत समितिले सार्वजनिक सवारी साधन थन्क्याएका छन् ।

यसअघि सिन्डिकेटको बिरुद्धमा उत्रिएको भनिएको विन्ध्यवासिनी बस व्यवसायी समिति पनि गाडी थन्क्याएर सिन्डिकेटको पक्षमा उभिएको छ ।
सार्वजनिक बस थन्क्याएर अत्यावश्यक सेवा रोक्नेबिरुछ मुद्धा चलाउन प्रशासनले निर्देशन दिइसकिएकको प्रशासनले जनाएको छ ।

सिन्डिकेटको पक्षमा उभिएका समितिको रुट इजाजत खोरज गर्ने, पदाधिकारीको सम्पति छानबिन गर्ने लगायतको तयारी प्रशासनले गरेको सहायक सिडिओ क्षेत्रीले जानकारी दिए ।

यता पृथ्जीराजमार्ग बस व्यवसायी समिति अध्यक्ष एनकुमार साइले आफू काठमाडौंमा रहेको भन्दै पक्राउ गर्न चुनौती दिएका छन् । ‘फोन आइरहेको छ । म काठमाडौं हेडक्वाटर छु । मेरा मान्छे समाउनुको साटो मलाई समाउने भए पठाइदिनुस् भनेको छु । लुटेको छैन चोरको छैन किन डराउने रु यो देशमा सुन तस्कर गर्ने खुलाआम हिँड्छन् हामी रोजगार सिर्जना गर्ने व्यवसायी समातिन्छौं ।’ अध्यक्ष एनकुमार साइले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्