ललितपुरमा तीन घर जलेर ध्वस्त,३० लाख बढीको क्षति
ललिपुर मंगलबजारको तीनवटा घरमा आगलागी भएको छ । शुक्रबार बिहान स्थानीय नरहरिप्रासद लाखेको घरबाट सुरु भएको आगोका कारण सानुप्रासद लाखे र गीताप्रसाद लागेको घरमा पनि क्षति भएको छ । पहिला एउटै रहेको घर जादुभाइ छुट्टिने बेला तीनवटा बनाइएको थियो ।