प्रचण्ड पुत्र प्रकाशको जेठी पत्नीको जिल्लामा शालिक बन्ने,मन्त्री भएकी कान्छी पत्नीले गरिन शिलान्यास



हाम्रो इकोनोमि

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का छोरा प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ।
सगरमाथा आरोही प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघको सक्रियतामा स्तम्भ बनाउन लागिएको पर्वतारोही संघका अध्यक्ष सन्तविर लामाले बताए।

ककनीस्थित अन्तर्राष्ट्रिय पर्वतारोही स्मृती उद्यानमा बन्न लागेको स्वर्गीय दाहालको स्तम्भको मंगलबार खानेपानी मन्त्री विना मगरले शिलान्यास गरिन्।

स्वर्गीय दाहाल मन्त्री मगरका पति हुन्। प्रकाशसँगै सगरमाथा आरोहण गरेकी मन्त्री मगरले प्रकाशको मात्रै होइन, अन्य आरोहीको नाममा पनि स्तम्भ निर्माण गरिनुपर्ने बताईन्। ‘राजनीतिक परिवर्तन र संविधान जारी गर्न दबाब दिने उद्देश्यसहित गरिएको सो आरोहणका सहभागिको नाममा स्तम्भ निर्माण हुनु आफैमा गौरवको विषय हो,’ मन्त्री मगरले भनिन्, ‘उहाँ(प्रकाश) सहित सबै आरोहीको नाममा स्तम्भ बन्नुपर्छ।’ नुवाकोट प्रकाशको पहिलो ससुराली जिल्ला हो,दिवंगत नेता पोस्ट बहादुर बोगटीकि छोरी प्रभा संग प्रकाशको पहिलो बिबाह भएको थियो।

विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार ककनी उद्यानमा विभिन्न प्रजातिका ४ सय ५० विरुवा पनि रोपिएको

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...