सरकारले घुडा टेक्यो , सेयर लाभकरमा नयाँ व्यवस्था फिर्ता



हाम्रो इकोनोमि

बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ ।

लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने ‘पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएका छौं । ‘

सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै वुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए । बुधबार बिहानै भने उनीहरु सरकारको निर्णयको बिरोधमा धितोपत्र बोर्ड घेराउ गर्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...