म संग धेरै टयाउँ-टयाउँ नगर्नु भन्दै महिलालाई हप्की-दप्की गरेका प्रधानमन्त्री ओलीले आज फेरि किन बोलाए भेट्न?



नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तहमा महिला सहभागिता ज्यादै न्यून भएको भन्‍दै अखिल नेपाल महिला संघका प्रतिनिधिहरुले प्रधानमन्त्री एवं अध्‍यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा उनीहरुले सरकारमा महिला सहभागिता न्‍यून रहेकोमा असन्तुष्टि व्‍यक्त गरेका छन्। महिला सहभागिताबारे प्रधानमन्त्री ओली स्वयम्‌ले विवादास्पद अभिव्‍यक्ति दिएपछि उनीहरुले महिला सहभागिताको सवालमा गम्भीर चासो देखाएका हुन्।

सरकारमा महिला सहभागिता नभइरहेको बेला तत्कालीन एमाले र माओवादी केन्द्रका महिला निकट नेतृत्वहरुले महिलाहरुलाई संविधानमा मात्रै सीमित नरहेको भन्‍दै पार्टी र सरकार दुवैमा आवाज उठाउँदै आएका छन्।

छलफल आन्तरिक भएको भन्‍दै वालुवाटारमा सञ्‍चारकर्मीलाई प्रवेश नदिइएको नेकपाकी केन्द्रीय सदस्य विन्दा पाण्डले जनाकारी दिइन्र। उनले भनिन्, ‘देशको सविधानले बाध्यकारी बनाएपछि संसदमा ३३% महिलाको सहभागिता छ। तर सरकार र सबैभन्दा ठूलो पार्टीकै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा न्यून सहभागिता छ।हामी यसबारेमा आन्तरिक रुपमा लडिरहका छौ।’

पार्टी र सरकारमा महिला सहभागिताबारे आवाज उठाउन खोज्दा केही साताअघि प्रधानमन्त्री ओलीले एनजिओ-आएनजीओको पछि लागेर धेरै टयाउँ-टयाउँ नगर्न महिला नेतालाई निर्देशन दिएका थिए। त्यो बेला नेकपा अर्का अध्यक्ष प्रचण्ड समेत मौन बसेपछि महिला अधिकारकर्मी आक्रोशित भएका छन्।

प्रधानमन्त्री जस्तो जिम्मेवार व्‍यक्तिले राज्यका अंग र पार्टीक कमिटीमै महिला सहभागिता टिठ लाग्दो अवस्थामा पुर्‍याउनु दुर्भाग्यपूर्ण भएको भन्‍दै छलफलमा सहभागि एक नेतृले गुनासो गरिन्।

यस्तै वालुवाटारमा छलफलका लागि पुगेकी अर्का नेतृ पनि सरकारमा सहभागि गराउ भनेर आफ्‍नै पार्टीलाई झकझक्‍याउन डेलिगेशन लिएर आएनु पर्ने दिन यति चाँडो आएकोमा निक्कै दु: खद व्‍यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्