यसरी हुँदैछ आज नेकपाको दल दर्ता, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला नपुगेपछि समस्या



हाम्रो इकोनोमि

 तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको स्वीकृति दिन निर्वाचन आयोगको बैठक आज बस्दैछ ।

आयोग बैठकले दल दर्ताका लागि परेको निवेदनमा अन्तिम छलफल गरेर स्वीकृति प्रदान गर्न लागेको आयोग स्रोतले जनाएको छ ।

यद्यपी दल दर्ताको प्रमाणपत्र दिँदा केलाई आधार बनाउने भन्नेमा आयोग संकटमा छ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला नपुगेपछि दल दर्तामा समस्या परेको छ ।

अव आयोगले आयोगले दल दर्तासम्बन्धि नियामावली नै परिवर्तन गरेर भएपनि स्वीकृति प्रदान गर्ने तयारीमा आयोग छ । दल दर्ता सम्बन्धी नियमावली आयोगले खुकुलो पार्न सक्छ ।

यसअघि पटक पटक बसेको आयोगको बैठकले दल दर्ताका लागि स्वीकृति प्रदान गर्न नसक्दा नेपाल कमयुनिष्ट पार्टी (नेकपा) ले दल दर्ताको प्रमाणपत्र पाउन सकेको थिएन ।

नाम बुझाएपछि अध्ययन र छानविनका लागि एक साता समय मागेको आयोगले तीन साता वित्न लाग्दा पनि ठोस निर्णय लिन सकेको थिएन ।

एमाले र माओवादी एकीकरणपछि गत जेठ ३ गते नेकपा अन्डरलाइनका नाममा दल दर्ता गर्न आयोगमा निवेदन दिइएको थियो ।

तर, नेकपा नामको पार्टी आयोगमा यसअघि नै दर्ता भैसकेकाले त्यसको एकसातापछि नाम सच्चाउदै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा दल दर्ता गर्न पुन निवेदन पुन दिइएको थियो ।

तर, त्यसको झण्डै दुई साता वित्न लाग्दा पनि आयोगले दल दर्ताको प्रमाणत्र दिन सकेको थिएन ।

आयोगमा दल दर्ता गर्न कुल केन्द्रीय सदस्यको ३३ प्रतिशत महिला अनिवार्य हुने संबैधानिक व्यवस्था छ ।

तर, ४४१ केन्द्रीय सदस्य रहेको नेकपाले आयोगमा बुझाएको केन्द्रीय सदस्यको लिष्टमा ७२ जनामात्रै महिला सदस्य छन् ।

जसका कारण आयोगले तुरुन्त दल दल दर्ताको प्रमाण दिन सकेन ।

उता, पार्टीमा महिलाको संख्या कम भएको भन्दै बारम्बार महिला नेतृहरुले नेतृत्वसमक्ष  गुनासो गर्दै आएका छन् ।

मंगलबारमात्रै पनि सो पार्टीका महिला नेतृहरुले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महिलाको संख्या ३३ प्रतिशत पुर्याउँन माग गर्दै ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

तर, जवाफमा दुवै अध्यक्षले विशिष्ट परिस्थतिका कारण अहिले सो संख्या पुर्याउँन नसकिएको भन्दै अनाबाश्यक झमेला नझिक्न निर्देशन दिदै बरु माहाधिबेशनमा त्यसको कार्यन्वयन गर्ने आश्वसन दिएर पठाएका थिए ।

यसअघि पनि अध्यक्ष ओलीले महिला नेतृहरुलाई ३३ प्रतिशतको कुरा झिकेर धेरै ‘ट्याउँट्याउँ’ नगर्न निर्देशन दिएका थिए ।

नेकपामा हाल ४४१ केन्द्रीय सदस्यमध्ये ७२ जना महिला छन् । यो संख्या प्रतिशतका आधारमा १६ प्रतिशत मात्रै हुन आउँछ ।

४४१ को ३३ प्रतिशत १४५ हुनेछ ।

के गर्ला आयोगले ?

सत्तारुढ त्यसमाथि पनि अहिले सवैभन्दा ठुलो दल हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

यति शक्तिशाली दललाई ३३ प्रतिशत महिला नभए दल दर्ता नै गर्दिन भन्ने सामर्थ आयोगसँग पनि छैन ।

स्रोतका अनुसार त्यसका लागि आयोग लचलो हुनुको विकल्प छैन ।

यसबारे आयोगका कुनैपनि पदाधिकारीहरु खुलेर बोल्न चाहाँदैनन् । यसकारण पनि आयोग दवावमा छ भनेर बुझ्न कठिन छैन ।

यद्यपी ‘राजनीतिक दल दर्ता सम्बन्धी कानुन २०७४ को दफा १५ को ४’ अनुसार नै आयोगले दल दर्ता गर्ने बताउँछन् आयोगका उपसचिव तथा सुचना अधिकारी सुर्यप्रसाद अर्याल । अर्यालले रातोपाटीसँग भने, ‘आयोगको बैठकले निर्णय गर्ने हो, त्यसका लागि बैठक बसिरहेको छ । सम्भवत आज वा भोलि नै टुङ्गिएला ।’

आयोगलाई भनिसकेका छौँ: गुरुङ

नेपाल कम्युनिष्ट पार्टीले आयोगमा दल दर्ता गर्ने जिम्मेवारी नेताद्धय सुवासचन्द्र नेम्वाङ र देव गुरुङले पाएका छन् ।

यसअघिको संसदीय दलको बैठकले नेम्वाङ र गुरुङलाई यो जिम्मेवारी दिएको हो ।

त्यसमध्येका नेता देव गुरुङले दल दर्ता प्रकृयामै रहेको बताए ।

उनले सवै कागजात र प्रकृया पुर्याएर आयोगमा नामहरु पठाएकाले चाडै निर्णय आउनेमा आफु विश्वस्त रहेको सुनाए ।

‘३३ प्रतिशतका विषयमा हामीले आयोगलाई प्रश्ट भनिसकेका छौ । महाधिवेशमा त्यो संख्या पुग्छ । अहिले तदर्थ समिति मात्रै भएकाले अड्काउन मिल्दैन । यसवारे हामीले आयोग पदाधिकारीसँग पनि छलफल गरिसकेका छौ’ गुरुङले रातोपाटीसँग भने ।

प्रतिक्रिया दिनुहोस
इजरायलमा २ हजार ३ सय जना नेपाली कामदार माग

  वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३...

निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द

     सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य...

प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...