लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान



हाम्रो इकोनोमि

 

नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढ्ने सङ्कल्प लिएको भन्दै राष्ट्र निर्माणको अभियान सफल बनाउन आह्वान गरेको छ। प्रेस संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै एमालेले अघि सारेको विचार, सिद्धान्त र नीतिलाई सफल बनाउन आह्वान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ । राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।

रेमिट्यान्स, ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालमार्फत मातृभूमिप्रति देखाइएको प्रतिबद्धता राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार बनेको उल्लेख छ। एमालेले भनेको छ, आगामी निर्वाचनको सन्दर्भमा देशको स्थायित्व, विकास र समृद्धिको अभियानलाई अझ सशक्त बनाउन विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई पार्टीसँग जोडिन, आफ्ना परिवारजन तथा समुदायमार्फत सकारात्मक जनमत निर्माण गर्न र निर्वाचन प्रक्रियामा आवश्यक सहयोग पुर्‍याउन हार्दिक आह्वान गर्दछौ ।’

राष्ट्रिय हित, लोकतन्त्रको सुदृढीकरण तथा समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूको ऐक्यबद्धता अपरिहार्य रहेको उल्लेख छ । युवा शक्तिसँग राष्ट्र निर्माणको साझा यात्रा र सहकार्य गर्न तयार रहेको जनाएको छ।

एमालेले भनेको छ,’राजनीतिलाई केवल आलोचना वा असन्तोषको माध्यम होइन, समाधान, नवप्रवर्तन र विकासको सशक्त औजारका रूपमा अघि बढाउन युवाको सक्रिय भूमिका अपरिहार्य छ । त्यसका लागि नीति, नेतृत्व र अवसरको संगम आवश्यक छ, जसको दिशामा अगाडि बढ्न नेकपा (एमाले) ले आफ्नो महाधिवेशनबाट नीतिगत निर्णय गरी प्रतिबद्धता जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...