निर्मला हत्या प्रकरणः एसपीसहित सबै प्रहरी धरौटीमा छुटे
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो