नेत्रविक्रम चन्द ‘विप्लव’ समातिए के हुन्छ ?



हाम्रो इकोनोमि

 

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहलाई प्रतिबन्ध लगाएसँगै उसका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । यही फागुन २८ पछिमात्रै विप्लव समूहका पाँच दर्जन बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

 

प्रहरीले अरु नेता–कार्यकर्ता पनि पक्राउ गर्ने सरकारी नीतिलाई निरन्तरता दिने जनाइसकेको छ । सरकारको अहिलेसम्मको नीति हेर्दा पनि विप्लवका धेरै नेता कार्यकर्ता नियन्त्रणमा लिएर उसको समूह कमजोर बनाएपछि विप्लव वार्तामा नआइ सुखै पाउदैनन् भन्ने देखिन्छ । त्यसैले सरकारका मन्त्रीहरुले भन्ने गरेका छन् ‘हतियार बुझाएर वार्तामा आए सरकार वार्ता गर्न तयार छ ।’

 

तर सरकारका मन्त्रीहरुले वार्ताका लागि तयार रहेको भन्ने गरेपनि औपचारिक रुपमा सरकारले वार्ताका लागि कुनै लिखित आह्वान अहिलेसम्म गरिसकेको छैन ।

 

यसअघि सरकारले आफूमाथि दमन गरे प्रतिवाद गर्ने जवाफ दिएपनि विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता गिरफ्तारीबाट बचाउन सकेको छैन । पछिल्लो समय शनिबार मात्रै पनि विप्लवका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वली समेत प्रहरीद्वारा पक्राउ परेका छन् ।

 

सुरक्षा स्रोतले विप्लवसहितका शीर्ष नेताहरुमाथि उच्च निगरानी गरिरहेको बताइरहँदा स्वाभाविक रुपमा प्रश्न सतहमा आएको छ– प्रतिवन्धित नेकपाका महासचिव विप्लव नै पक्राउ परे के होला ?  राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार दमनबाट समस्याको समाधान हुन नसक्ने भन्दै वार्ताबाटै समस्याको समाधान खोजिनस पर्छ ।

 

‘दमन त्यसको उपाय होइन । तर, सरकार जसरी प्रस्तुत भएको छ त्यसबाट वार्ताको सम्भावना देखिदैन । प्रतिवन्ध लगाउने अनि वार्ता गर्छु भनेर को आउँछ ? पार्टी प्रतिवन्ध लगाएपछि झन् एग्रेसिप रुपमा जाने सम्भावना हुन्छ ’ श्रेष्ठ भन्छन् ‘पार्टी प्रतिवन्ध लगाउनु अघि वार्ताको सम्भावना थियो ।’

 

विप्लव गिरफ्तार भए भने के हुन्छ ? भन्ने प्रश्नमा विश्लेषक श्रेष्ठ भन्छन्, ‘विप्लव गिरफ्तार भए भने वाँकी नेतृत्व कुन ढंगले चल्छ भन्ने कुरामा आधारित हुन्छ । नेतृत्व एकलमात्रै रह्यो भने पेरुको जस्तो हुने सम्भावना हुन्छ । गोन्जालोको गिरफ्तारि पछाडि जस्तो भयो त्यस्तै हुने सम्भावना हुन्छ । होइन बैकल्पिक नेतृत्व पनि बलियो भयो भने यो अगाडि बढ्छ ।’

 

श्रेष्ठका आुसार वैकल्पिक नेतृत्व कति बलियो छ भन्नेमा भर पर्छ । यो अहिले भन्न सकिने कुरा होइन । तर, विप्लवले तत्काल आफ्ना गतिविधिलाई बढाउने सम्भावना श्रेष्ठले देखेका छन् ।  उनका अनुसार सरकारले भन्दैमा विप्लव सहजै वार्तामा आउने सम्भावना छैन ।

श्रेष्ठ भन्छन्, ‘विप्लव वार्तामा आउने सम्भावना देख्दिन । किनभने उनको पार्टीको उद्देश्य क्रान्तिकारी छ । तत्काल वार्ताद्वारा त्यो सम्भव भएको भए हतियार बोकेर हिँड्ने थिएनन् होला । हतियार समात्नेमा गएपछि तत्काल रणनैतिक शक्ति सन्तुलनको स्थितिमा नपुगेसम्म वार्तामा आउने सम्भावना हुदैँन ।’ विश्लेषक श्रेष्ठको विश्लेषणमा यो समस्या समाधान गर्न सरकार जति ढिला र गल्ती गर्दै जान्छ त्यति नै विप्लव समुह बलियो हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...