हेर्नुहोस,शौचालयलाई यसरी पानी गोदाम बनाईएको छ,स्वास्थ माथी सिधै हमला



हाम्रो इकोनोमि

 

मुलुकभरका खानेपानी तथा सरसफाइ प्रणालीहरुको योजना तर्जुमा, निर्माण, संचालन तथा मर्मत सम्भार लगायतको जिम्मेवारी बोकेको खानेपानी तथा सरसफाई मन्त्रालय रहेको स्थान सिंहदरबार बाट एक किलोमिटरको दुरीमा रहेको पुतलीसडकको एउटा जारको पानी पाइने पसलले शौचालयलाई पानी गोदाम बनाएर स्वास्थ माथि गम्भीर खेलवाड गरेको छ।

 

मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग क्षेत्रगत नेतृत्वदायि कार्यान्वयन निकाय हो भने मन्त्रालय क्षेत्रगत नेतृत्वदायि कार्यकारी निकाय हो । मन्त्रालय अन्तर्गत विभागका अलावा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइ प्रणालीहरुको निर्माण एवम सेवा प्रवाहका लागि बोर्डहरु, खानेपानी संस्थान, समितिहरु, आयोजना निर्देशनालय र महशुल निर्धारण तथा नियमनका लागि एक आयोग रहेको छ भनेर मन्त्रालयको आधिकारिक पोर्टलमा उल्लेख छ।

 

तर बत्तिमुनीको अध्यारो भने झैँ नियमन र अनुगमन नहुदा शौचालयमा पानीको गोदाम बनाएर निर्बाध ब्यापार भईरहेको छ। पुतलीसडकमा रहेको पैरवी प्रकाशन नजिकको शौचालयमा पानीको जार भण्डारण गरिएको अबस्थामा पाईएको हो। खानेपानी मन्त्रालय नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरले सम्हालेकी छिन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...