निर्मला प्रकरण : तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न अदालतको आदेश



हाम्रो इकोनोमि

 

निर्मला हत्या प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

 

जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । गएको साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कार गरि हत्या गरिएको अवस्थामा ११ गते उखुबारीमा शव भेटिएको थियो ।

 

घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । तत्कालीन् प्रहरी प्रमुख विष्टले प्रमाण जोगाउन नसकेको, अनुसन्धानमा लापरवाही गरेको, निर्दाेष व्यक्तिलाई आरोप स्वीकार्न बाध्य पारेको, हिरासतमा कुटपिट गरेको लगायतका आरोप लगाएको थियो । उनलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ ।

 

विष्टविरुद्ध केहीदिन अघि निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टले मुद्धा दायर गरेका थिए । दिलिपलाई प्रहरीले घटनाका मुख्य दोषी भनी सार्वजनिक गरेको थियो । तर, उनको डीएनए नमिलेपछि अदालतको आदेशमा दिलिप रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...