बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन



हाम्रो इकोनोमि

 

 

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई तथा सेनाका हुद्दासम्मले सहभागिता जनाएका छन् ।

लमजुङको बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकुलका परीक्षार्थी दरेश पौडेलले परीक्षा दिएका छन् ।

बेंसीसहर नगरपालिका ७ का पौडेलका बुवाको केही दिनअघि निधन भएपछि उनलाई जनविकासबाटै परीक्षा दिने व्यवस्था गरिएको शिक्षा समन्वय इकाईका प्रमुख नारायण रेग्मीले बताउनुभयो ।

पौडेलले पहिलो दिन आइतबार अनिवार्य संस्कृति भाषाको परीक्षा दिएका छन् ।

केन्द्राध्यक्ष रत्नमान श्रेष्ठका अनुसार स्कूलको कम्प्युटर कोठामा छुट्टै बेन्च राखेर उनलाई परीक्षा दिन व्यवस्था गरिएको छ ।

बेंसीसहर नगरपालिका २, भकुण्डेस्थित बालकल्याण मावि केन्द्रमा नेपाल प्रहरीका असई ४२ वर्षीय होमबहादुर थापाले परीक्षा दिएका छन् ।

उनी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । नेपाली सेनाको रोल्पास्थित खड्कदल गुल्मका गुल्म प्रवन्ध हुद्दा ३१ वर्षीय हरिश्चन्द्र पराजुलीले बाल कल्याणबाटै पहिलो दिनको परीक्षा दिएका छन् ।

यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा कार्यरत ३३ वर्षीय विष्णुमाया गुरुङ, स्वास्थ्य चौकी तार्कुघाटमा कार्यरत ३५ वर्षीया कमला नेपाली लगायतले परीक्षा दिएको केन्द्राध्यक्ष तीर्थ नेउपानेले बताउनुभयो ।

उहाँका अनुसार यी सवै जनविकास मावि खुलाका परीक्षार्थी हुन् ।

जिल्ला शिक्षा समन्वय समितिका प्राविधिक सहायक सुरेन्द्र मण्डलका अनुसार पहिलो दिनको परीक्षामा ३२ जना अनुपस्थित भए ।

छात्रा १५ जना र छात्रा १७ जना अनुपस्थित भएको उहाँले बताउनुभयो ।

जनविकास खुलाका मात्रै ३ महिला र १ पुरुष परीक्षार्थी अनुपस्थित भएको उहाँले बताउनुभयो ।

आइतबार छात्रा छात्रा १ हजार ५ सय १६ जना र छात्र १ हजार ४ सय ३२ गरी २ हजार ९ सय ४८ जनाले परीक्षा दिएको उहाँले बताउनुभयो ।

प्राविधिक विषयतर्फ ५६ जनाले सहभागिता जनाएको छ । यसमा शैलपुत्री मावि धमिलिकुवा र जनविकास मावि बेंसीसहरका परीक्षार्थी छन् ।

वीरभक्ति मावि तार्कुघाट केन्द्रबाट सिभिल ईन्जिनियरिङ विषयका ३७ र पशु विज्ञानका १९ परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रेग्मीले बताउनुभयो ।

जिल्लाभर १८ केन्द्र रहेकोमा केन्द्राध्यक्ष १८ जना, सहायक केन्द्राध्यक्ष २१ जना तोकिएका छन् । सहायक कर्मचारी र कार्यालय सहयोगी १÷१ जना छन् ।

१ सय ५० जना निरीक्षक छन् । हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मीमा दरले २ सय ७० प्रहरी खटिनेछन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिलो दिनको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको र कुनै अमर्यादित क्रियाकलाप नभएको बताउनुभयो

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...