नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहिबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
६५ वर्षमै वृद्धभत्ता दिने सरकारले तयारी गरेको छ । आगामी बजेटबाट यस्तो नियम लागु गर्न लागिएको बुझिएको छ ।