भारतमा शक्तिशाली भुकम्प, थप विवरण आउँन बाँकी विज्ञहरु भन्छन् : नेपालमा पनि खत्तरा छ



हाम्रो इकोनोमि

 

अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा एकजना ज्योतिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि १ लाख जरिवाना र ६ महिनासम्म जेल हुन सक्ने जनाइएको छ ।

सांकेतिक तस्वीर

उनले अरु केही व्यक्तिहरुलाई ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई थप अगाडी बढाएको छ । उनले प्रहरी समक्ष दिएको बयानमा आफुले अनुमान गरेको बताएका छन् । अर्को तिर काठमाडौं वा देशको पश्चिम भागलाई केन्द्रमा राखेर भुकम्प जानसक्ने भुर्गभविद्हरुको दाबी छ ।

 

नेपालमा भुकम्पको चर्चा हुँदै गर्दा छिमेकी मुलुक भारतमा बुधवार राति झण्डै ११ बजेतिर शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । हिजो राति स्थानीय समयनुसार १०ः३१ बजे गुजरात र राजस्थानको सीमाक्षेत्रमा ४.३ रेक्टर स्केलको भुकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

इन्स्टीट्यूट अफ सीस्मोलजिकल रिसर्चले दिएको जानकारी अनुसार भुकम्प ३.१ किलोमीटर गहीराईबाट आएको थियो । उत्तर गुजरातको पालनपुर देखि ३१ किलोमीटर दुरीमा रहेको आबु भन्ने स्थानमा केन्द्र रहेको जानकारी दिइएको छ । अधिकारीहरुका अनुसार गुजरातको अरावली र बनासकांठा जिल्ला र राजस्थानको पर्वत आबू क्षेत्रमा जोडदार झट्टा महसुस गरिएको थियो ।

 

भुकम्पमा कुनै जनधनको क्षति भए नभएको बारेमा जानकारी आउँन सकेको छैन । भारतीय विज्ञहरुले दिएको जानकारी अनुसार नेपाल र भारतको उत्तरी क्षेत्रमा भुकम्पको खत्तरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...