भारतमा शक्तिशाली भुकम्प, थप विवरण आउँन बाँकी विज्ञहरु भन्छन् : नेपालमा पनि खत्तरा छ



हाम्रो इकोनोमि

 

अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा एकजना ज्योतिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि १ लाख जरिवाना र ६ महिनासम्म जेल हुन सक्ने जनाइएको छ ।

सांकेतिक तस्वीर

उनले अरु केही व्यक्तिहरुलाई ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई थप अगाडी बढाएको छ । उनले प्रहरी समक्ष दिएको बयानमा आफुले अनुमान गरेको बताएका छन् । अर्को तिर काठमाडौं वा देशको पश्चिम भागलाई केन्द्रमा राखेर भुकम्प जानसक्ने भुर्गभविद्हरुको दाबी छ ।

 

नेपालमा भुकम्पको चर्चा हुँदै गर्दा छिमेकी मुलुक भारतमा बुधवार राति झण्डै ११ बजेतिर शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । हिजो राति स्थानीय समयनुसार १०ः३१ बजे गुजरात र राजस्थानको सीमाक्षेत्रमा ४.३ रेक्टर स्केलको भुकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

इन्स्टीट्यूट अफ सीस्मोलजिकल रिसर्चले दिएको जानकारी अनुसार भुकम्प ३.१ किलोमीटर गहीराईबाट आएको थियो । उत्तर गुजरातको पालनपुर देखि ३१ किलोमीटर दुरीमा रहेको आबु भन्ने स्थानमा केन्द्र रहेको जानकारी दिइएको छ । अधिकारीहरुका अनुसार गुजरातको अरावली र बनासकांठा जिल्ला र राजस्थानको पर्वत आबू क्षेत्रमा जोडदार झट्टा महसुस गरिएको थियो ।

 

भुकम्पमा कुनै जनधनको क्षति भए नभएको बारेमा जानकारी आउँन सकेको छैन । भारतीय विज्ञहरुले दिएको जानकारी अनुसार नेपाल र भारतको उत्तरी क्षेत्रमा भुकम्पको खत्तरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...